+
+

‘हनी बनी’बाट अलग्गिए अनमोल र सारा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:५३

काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा अनमोल केसी र सारा श्रीपाइली नरहने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भट्टराईले मुख्य पात्रमा अनुबन्धित भइसकेका दुवैजना कलाकार अब प्रोजेक्टमा नरहने बताए ।

‘सहमतिमै उहाँहरुले छाड्नु भएको हो । अब एक–दुई दिनमा मुख्य पात्रमा नयाँ कलाकार फाइनल गर्नेछौं,’ उनले भने । अभिनेत्री साराको भिसा नआएपछि प्रोजेक्ट छाड्नुपरेको निर्देशक भट्टराईले बताए ।

छायांकनको अन्तिम समयमा अनमोलले प्रोजेक्ट छाड्ने निर्णय गर्नुलाई निर्देशक भट्टराईले केही प्राविधिक कारण जिम्मेवार रहेको बताए । स्रोतका अनुसार अनमोल प्र्रोजेक्टलाई लिएर केही ‘अनकम्र्फटेबल’ थिए । उनले चरित्रलाई लिएर असहज महसुस गरेको जनाइएको छ ।

दुई लिड कलाकारले फिल्म छाडेपछि छायांकन पछि सरेको छ । मे महिनाको पहिलो सातादेखि छायांकन हुने पूर्वनिर्धारित योजना धकेलिएको छ । अब मे अन्तिम सातादेखि फिल्म छायांकनमा लैजाने तयारी गरिएको छ ।

‘ए मेरो हजुर ४’ रिलिजकै क्रममा अनमोलले यो फिल्ममा साइन गरेका थिए, तर छायांकनसुरु हुने बेलामा उनले फिल्म छाडेका हुन् । साराको भिसा नआएपनि निर्माता टिम लण्डनमै रहेकी अभिनेत्री जसिता गुरुङलाई लिएर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ ।

निर्देशक भट्टराई आगामी बिहीबार छायांकन तयारीका लागि लण्डन जाँदैछन् । अनमोलले यसअघि ग्याङस्टर ब्लुज, धुपौरे र ब्याचलर बन्टी पनि साइन गरेपछि छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?