+
+

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ९:४७

१९ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति मालोर्कालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको शृङ्खला अन्त्य गरेको छ ।

यो जितसँगै बार्सिलोना ला लिगाको अंकतालिकामा पनि दोस्रो स्थानमा उक्लेको छ । यस सिजन रियल मड्रिडले चार खेल नै उपाधि पक्का गरिसकेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मेम्फिस डीपाएले २५औं  र सर्जियो बुस्केट्सले ५४औं  गोल गरे । मालोर्काका एन्टोनियो जोसेले ७९औं मिनेटमा एक गोल फर्काए ।

बार्सिलोनाका रोनाल्ड बराउको र फेरान टोरेसले खेलमा गोल गरेपछि अफसाइडका कारण भिएआरले मान्यता दिएन ।

जितपछि ३४ खेलबाट ६६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?