 
																			काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने छैनन् ।
टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँगै केकी अमेरिका उडेकी हुन् । नवविवाहितको योजना मधुमास हुने गर्छ, तर केकीको पतिबिनाकै अमेरिका उडानको योजना हनिमुन रहेन ।
‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् । रीमा चाहिं उक्त शोको होस्ट हुन् । सिन्दूर-टीका, मंगलसूत्र र कुर्थामा सजिएकी केकीलाई एयरपोर्ट पुर्याउन रोहित पुगेका थिए ।

‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु,’ अमेरिका उड्नुअघि केकीले भनिन् ।
झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीको विवाहमा सहभागी हुन रीमा गत साता अमेरिकाबाटै आएकी थिइन् ।

तस्वीर सौजन्य : मदन रिजाल
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4