+
+

बालेनमाथि केशव स्थापितले लगाए गम्भीर आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १३:५३
फाइल तस्वीर

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

बालेनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्‍याप भन्ने गरेको बताए ।

यो बालेन भन्ने पात्रलाई केही पनि नबोल भन्छन् । ठीक छ, बोल्दिनँ । तर मैले उठाएको कुरा के भने त्यो गर्नै नहुने काम गर्‍यो । राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रशय दिनु हुन्न । उहाँले के गर्‍यो भने आफ्नो फोटो यत्ति (शरीरतिर देखाएर) टिसर्ट लगाएको जिउ राख्यो, मेरो टाउको हालेर तल लौरा राख्यो र भन्यो, केशव स्थापितलाई जिताऊँ, लौरोमा छाप हालौं भन्छ । कस्तो बेइकुफ रहेछ ।

मैले बालेनको फोटो राखेर बालेनलाई लालटिनमा भोट हालौं भन्यो भने जम्मै जान्छ । उसको एक भोट पनि बाँकी नहुने गर्दिन्छु । गर्न मिल्छ ? आचार संहिताले दिँदैन । त्यसैले भनेको मैले यस्तो ठग नगर है । यस्तो चल्दैन क्या काठमाडौंमा । कुनै गाउँमा ठग्न पाइन्छ होला, काठमाडौंको हातहातमा मोबाइलमा भएकाहरुलाई ठग्ने काम गर्नेलाई ठग नभने के भन्ने ?

म केशव स्थापित, मेरो २० पुस्ताबारे भन्छु । आफूले पनि त भन्नुपर्‍यो नि ? हू आई एम भन्ने परिचय नै नदिई भोट माग्न आउन पाइन्छ ? महिलाबारे उहाँले बोलेको हेर्नुस् त ! गर्ने चाहिँँ जे पनि गरिदिने, अनि त्यो चाहिँ र्‍याप भनिदिने ? तपाईंले हुनसम्म अपराध गर्ने, रक्सी पनि खाने अनि र्‍याप गाउन खानुपर्छ भन्ने ? र्‍यापले छोपिन्छ ? छोपिँदैन । मैले उठाएको यत्ति हो ।

मेरो द्वेष छैन, उहाँ राजनीतिमा आएकोमा । मैले उहाँसँग दुई घण्टा चिया अड्डामा बसेँ । मैले उहाँलाई खिचापोखरी भनेको के भनेको खिचा भनेको कुकुर जस्तो लाग्छ । कुकुर पोखरी भन्छ ! खि भनेको मुहार, चा भनेको धुने हो साथी । यति पनि थाहा नहुनेले ठूलो कुरा नगरौं भन्ने आग्रह त गर्न पाइन्छ नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?