+
+

जेभियर र नाथमलाई अन्तरकलेज बास्केटबल उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १८:३१

२६ वैशाख, काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गर्ल्समा च्याम्पियन बने ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे । जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो ।

दोश्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अगाडि थियो । पहिलो क्वाटरमा १८–१२ को अग्रता लिएको जेभियर दोश्रोमा ८–१९ ले पछि प¥यो । तेश्रोमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउदै जेभियरले उपाधि सुनिश्चित ग¥यो । उपाधिसँगै जेभियरले ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता गोल्डेनगेटले ३० हजार रुपैयाँ पुरस्कार पायो ।

गर्ल्सको उपाधि भिडन्तमा झरना वज्राचार्यको १३ अंकमद्दतमा नाथमले शुभश्रीलाई ३२–७ अंकले हराउदै नयाँ च्याम्पियन बन्यो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

नाथमले पहिलोमा १३–०, दोश्रोमा ११–१, तेश्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन ग¥यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान ५ हजार नगद पुरस्कार पाए ।

बैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गर्ल्सको राउन्ड रोविन लिगमा ४ टिम सहभागी थिए ।

प्रतियोगिताको प्रायेजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स रहेका छन् । क्वेस्टका संस्थापक निर्देशक स्व. नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?