+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares
गीत :

तिमीलाई घात भयो 

सागर फुयाल सागर फुयाल
२०७९ वैशाख २९ गते १४:१७

कस्तो मोहनी थियो त्यो तिम्रो बेहोसी भई तिमीलाई देख्‍नु

अन्जानमा तिमीलाई घात भयो

एउटा संसारकी तिमीलाई मेरो संसारको निस्वार्थ माया दिनु अन्जानमा तिमीलाई घात भयो

तिम्रा ती मोहिनी आँखा मिलेको नाक मादक मुस्कान लामा केश र सौम्य व्यवहार

भुलेर आफ्नै संसार हर क्षण हर पल मेरा आँखा अनि मन तिमीलाई खोज्थ्यो बारबार

ढुंगा त पगाल्ने प्रेमाग्नीमा पग्लिएर मलाई विश्वास सुम्पनु अन्जानमा तिमीलाई घात भयो

एउटा संसारकी तिमीलाई मेरो संसारको निस्वार्थ माया दिनु अन्जानमा तिमीलाई घात भयो

प्रेमको गहिराइ सागरमा नाप्यौ उन्मुक्त आकाश हेरी रमायौ, प्रेमिल दुनियाँको सब रंगमा रंगी

यात्रा हाम्रा अनमोल थिए, प्रत्येक क्षण, प्रत्येक दिन,

प्रत्येक ठाउँमा जीवनको अर्थ खोज्यौ जीवनको सुन्दर बगैंचाबाट

फेरि रातो गुलाबको रहर गर्नु अन्जानमा तिमीलाई घात भयो

एउटा संसारबाट तिमीलाई मेरो संसारको निस्वार्थ माया दिनु अन्जानमा तिमीलाई घात भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?