+
+

कलाकारको मत : कस्ता नेतालाई भोट दिएमा गाउँटोल बन्छ ?

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख २९ गते १७:२५

२९ वैशाख, काठमाडौं । ‘म बाटो बनाउँछु’, ‘म धारा बनाउँछु’, ‘म रेल गुडाउँछु’, ‘म विकास गर्छु ।’ यस्तै वाचा गर्दै ढोका-ढोकामा आइपुग्ने नेताहरुले वास्तवमै आफ्नो वचन पूरा गर्छन् ? समाज ढुक्क छैन । किनभने विगतमा नेताहरुको बोली र व्यवहारबीच खास तालमेल देखिएन । विकास र सम्मुन्नतिको सप्तरंगी सपना बाँडेका नेताहरु अन्यत्रै अलमलिए र अपेक्षाकृत काम भएनन् । त्यसैले त समाजमा राजनीतिप्रतिको वितृष्णा बढ्दै गयो र नेताहरुको आश्वासनलाई जनताले पत्याउन छाडे ।

देशमा स्थानीय तहको निर्वाचन हुनै लाग्दा फेरि पनि नेताहरुले सर्वसाधारणको ढोका चहार्न थालेका छन् । उसैगरी विकासे योजना सुनाएका छन् र समुन्नतिको सपना बाँडेका छन् । के अब उनीहरुले आफ्नो वचन पूरा गर्छन् ? हेर्न बाँकी छ ।

यतिबेला जनता निर्णयक छन् । उनीहरुले स्वेच्छाले योग्य, दक्ष, इमान्दार र पौरखी जनप्रतिनिधि छनोट गर्न सक्छन् । यसै सन्दर्भमा हामीले केही कलाकर्मीसँग सोधेका छौं, कस्ता नेतालाई भोट दिएमा गाउँठाउँ बन्छ ?

राम्रो छवि र क्षमता भएकालाई मतदान : मनोज गजुरेल

स्थानीय तहका प्रतिनिधि चुन्दा उम्मेदवारको छवि र काम गर्ने प्रकृतिलाई हेरेर मत दिनु पर्छ ।

स्थानीय प्रतिनिधि छान्दा कानुनी हिसाबले नडामिएका, सामाजिक हिसाबले बहिष्कृत नभएका, भ्रष्टाचारमा नमुछिएका, समाज र सभ्यता बुझेका र आध्यात्मिक चेत भएका  उम्मेदवार को भनेर पहिचान गर्न सक्नुपर्छ ।

आध्यात्मिक चेत भएकालाई मत दिएमा उनीहरुले अरुको तुलनामा राम्रो काम गर्छन् । कारण उनीहरुलाई अरुको डर नभए पनि प्रकृति र भगवानको डर रहन्छ । यस्तो हुँदा उनीहरुले जनता र समाजको पक्षमा काम गर्न सक्छन् ।

स्थानीय तहका उम्मेदवारलाई भोट दिंदा मतदाताले उनीहरुले यसअघि गरेको काम र भोलि गर्न सक्छन् सक्दैनन् भन्ने कुरा ख्याल गरी व्यावहारिक तथा जनताका पीडा र समस्या बुझ्ने नेता छान्नुपर्छ ।

डोजर तथा प्लटिङलाई निरुत्साहित गर्नेलाई भोट : दीपकराज गिरी

जनताले आफ्नो अमूल्य मत काम नगर्ने प्रतिनिधिलाई दिएर खेर फाल्नु हुँदैन । मत दिनका लागि जनताले राम्रो काम गर्ने र गर्न सक्ने उम्मेदवारलाई दिनुपर्छ ।

स्थानीय उम्मेदवार राजनीति कम र काम बढी गर्ने हुनुपर्छ । काम गर्ने व्यक्तिलाई भोट दिएमा त्यसले काम गर्न सक्छ । उम्मेदवारले समाज र समाजका समस्या बुझेको र समाजलाई अगाडि बढाउन सक्ने भिजन र कला भएको हुनुपर्छ ।

राजनीति कम गर्नेलाई भोट : निश्चल बस्नेत

जनताले आफ्नो अमूल्य मत काम नगर्ने प्रतिनिधिलाई दिएर खेर फाल्नु हुँदैन । मत दिनका लागि जनताले राम्रो काम गर्ने र गर्न सक्ने उम्मेदवारलाई दिनुपर्छ ।

स्थानीय उम्मेदवार राजनीति कम र काम बढी गर्ने हुनुपर्छ । काम गर्ने व्यक्तिलाई भोट दिएमा त्यसले काम गर्न सक्छ । उम्मेदवारले समाज र समाजका समस्या बुझेको र समाजलाई अगाडि बढाउन सक्ने भिजन र कला भएको हुनुपर्छ ।

उत्तरदायी र व्यावहारिक उम्मेदवारलाई मतदान : सुरक्षा पन्त

समाजप्रति उत्तरदायी र व्यावहारिक उम्मेदवारलाई मत दिएका समाज अगाडि बढ्न सक्छ । उम्मेदवार विश्वासिलो, काम गर्ने खुबी भएको, सामाजिक, राजनीतिक, आर्थिक र विकासजन्य कुरामा दख्खल राख्न सक्ने र बोली र व्यवहारमा पकड भएको नेता चुनेमा समाजको विकास हुन सक्छ ।

उम्मेदवारमा समाज र जनताका खातिर काम गर्ने कौतुहलता हुनुपर्छ । सामाजिक परिवेश बुझेको र हरेक सूचना राख्न सक्ने सूचनामा पहुँच भएको नेतालाई मतदान गरे जनताले केही राहत पाउन सक्छन् ।

समग्रमा समाज र जनताका लागि काम गर्ने, नेतृत्वको गुण भएको र समाजमा भएका सबैलाई मिलाएर लैजान सक्ने उम्मेदवारलाई मत दिए समाज अगाडि बढ्छ ।

एक घर एक रुख योजना ल्याउनेलाई मतदान : दीपाश्री निरौला

समाज बुझेको र हरेक स्थानीय समस्याबारे जानकारी भएको उम्मेदवारलाई भोट दिनुपर्छ ।

गाउँटोलमा भएका स-साना समस्याको जानकारी भएको बाटो बनाउने, ढल बनाउने पानी-बत्तीको व्यवस्था गर्ने प्रतिवद्धता भएको र काम गर्न सक्ने उम्मेदवारलाई मत दिनुपर्छ ।

स्थानीय प्रतिनिधि शिक्षा, स्वास्थ्य र यातायात र विकाससँग जानकार हुनुपर्छ । फोहोरमैला व्यवस्थापन गर्ने, वातावरणलाई स्वच्छ र हराभरा बनाउने र सरसफाइ र सहरी सौन्दर्यता बढाउने उम्मेदवारलाई भोट दिएमा समाज विकासतर्फ उन्मुख हुन्छ ।

दलको होइन दिलको नेता : विल्सनविक्रम राई

नेता भनेको ‘भिजन’ अनि हामी जनताले उसलाई जिताउने ‘रिजन’ भएको हुनुपर्छ । तर जहिले हामी प्रायः जनता कन्फ्युजनमा पार्ने नेता मात्रै भेटाउँदैछौ । यदि गाउँ घर बनाउने हो भने दलको होइन, दिलको नेता छान्न सक्नुपर्छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?