+
+

चुनावले चहलपहल घट्दा काठमाडौंका धेरै व्यापार-व्यवसाय ठप्प

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख २९ गते १९:५७

२९, वैशाख, काठमाडौं । चुनावका कारण ठूलो संख्या मतदाता बाहिरिएपछि बिहीबार काठमाडौं सुनसानजस्तै बन्यो । मानवीय चहलपहल घटेपछि धेरैजसो साना तथा ठूला व्यापार व्यवसाय पनि ठप्प बनेको व्यपारीहरुले बताएका छन् ।

लत्ता कपडा, सुन चाँदी, खाद्यान्न, तरकारी र सौन्दर्य सामग्रीको व्यापार प्राय ठप्प भएको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उपत्यकाको सुन चाँदीको कारोबार बिहिबार ठप्प प्रायः रहेको संघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

उपत्यका करिब १३ सय सुन चाँदी पसल सञ्चालनमा रहेकामा निकै थोरै मात्रै बिहीबार खुलेको शाक्यले बताए । चुनावकै कारण ग्राहकको चहल पहल पनि नभएको र कारोबार पनि खासै नभएको उनको भनाइ छ ।

‘भ्याली बाहिरका धेरै व्यवसायी बाहिरिएका कारण सुन चाँदीको व्यापार ठप्प भयो,’ शाक्यले भने ‘यहाँकै रैथाने व्यपारी पनि चुनावमा लागेका कारण पसल बन्द गरेर बसे ।’

देशभर दैनिक १० किलो सुनको कारोबार हुने गरेकामा उपत्यकामा त्यसको आधा अर्थात् ५ किलो हाराहारी खपत हुन्छ । बिहीबार सुनको खपतको खासै विवरण प्राप्त नभएको महासंघले जनाएको छ ।

खाद्यन्नको खुद्रा व्यापारीहरुले पनि चुनावको कारण उपत्यकाको  खाद्यन्न बिक्रीको खपत ओरालो लागेको जनाएको.छ । उपत्यकामा दर्ता भएका र नभएका गरेर झण्डै  १२ हजार पसल दर्ता रहेको र तीमध्ये अधिकाशं बन्द अवस्थामा पुगेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘उपत्यकाका धेरै खाद्यन्न पसलहरु अहिले बन्द छन्, खुलेकामध्ये धेरै रैथाने व्यापारीका पसल हुन् ,’ उनले भने । अहिले बिवाहको सिजन भए पनि बजार सुनसान भएको उनले बताए । उपत्यकामा कुल खाद्य पसलको २० प्रतिशत हाराहारी मात्रै खुलेको हुनसक्ने तुलाधरको अनुमान छ ।

उपत्यकामा बसोबास गर्ने मानिसहरु बाहिरिँदा त्यसको असर खुद्रा तरकारी पसल र होलसेलमा पनि परेको छ । कालीम्ाटी तरकारी तथा फलफूल बजार बिकास समितिकाअनुसार दैनिक १० लाख किलोसम्म भित्रिने तरकारीको परिमाण अहिले २ लाखमा झरेको छ ।

मंगलरबार र बुधबार दैनिक ६ लाख किलोका दरले तरकारी र फलफूल भित्रिएकामा शुक्रबार बजारमा जम्मा २ लाख किलो तरकारी भित्रिएको छ । खुद्राबाट तरकारी खरिदका लागि साना व्यपारीहरु नआएपछि होलसेल बजारको बिक्री समेत प्रभावित भएको बजार विकास समितिले जनाएको छ ।

निर्वाचनका कारण एक हप्तादेखि नै व्यापार व्यवसायमा मन्दी आएको नेपाल वितरक संघले जनाएको छ । बिहीबार त काठमाडौंको बजार ठप्पै जस्तै भएको संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए । ‘एक हप्ता देखि बजारको ब्यापार घटिरहेको थियो, आज त ठप्प जस्तै रह्यो,’ श्रेष्ठले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?