+
+

बाबुरामको प्रष्टीकरण : मतदान गोप्य नै हुनुपर्छ भन्ने छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:३९

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको प्रष्टीकरण दिएका छन् ।

उनले शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए । जसमा उनले आफूले गरेको मतसंकेत समेत देखिने गरी तस्वीर सार्वजनिक गरेका थिए ।

बाबुरामले मतपत्र देखाएको भन्दै आलोचना भएपछि उनले आफ्नो विचार/मत खुला रुपमा व्यक्त गर्न पाउनुपर्ने बताए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन’ उनले ट्विटरमा लेखेका छन् ।

भट्टराईले अघि भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?