
३० वैशाख, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९ स्थित विषहरपुर मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।
एक जना मतदाताको साथबाट दुई वटा मतपत्र फेला परेपछी विवाद चर्किएको थियो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले विवाद समाधानका लागि प्रयास भइरहेको बताए ।
उनले भने, ‘उम्मेदवारका समर्थक र प्रतिनिधिबीच विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको छ । समाधान लगत्तै मतदान प्रक्रिया पुनः सुरु हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4