+
+

दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:०१

३१ वैशाख, दाङ । दाङको राप्ती गाउँपालिका वडा– ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।

माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए ।

कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् ।

उक्त वडामा कूल ७१४ मत खसेको थियो । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?