+
+

पहिलो टी-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टिम युगान्डासँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:१३

२ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगाण्डासँग १२ रनले पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १०३ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ९० रनमात्र बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले १६, डली भट्ट र कविता कुँवरले १३-१३ बिन्दु रावलले १२ र ज्योति पाण्डेले ६ रन जोडे ।

युगान्डकी सारा अकितेङ र क्वोज्की अवेकोले २-२, जनित एम्बाबाजी र रिता मुसामानीले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाका लागि ओपनर केविन अविनोले १५, जनिद एम्बाबाजीले २९, रीता न्याङ्गिन्डोले १८, रीता मुसामालीले १३, फ्राङ्कलिन नजुम्बोले १२ रन बनाए । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् ।

नेपाल र युगान्डाबीच पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ । दोस्रो खेल मंगलबार दिउँसो त्रिवि मैदानमा हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?