२ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले अग्रता कायम राखेका छन् ।
एमालेका नरुलाल चौधरीले १३ हजार ९३१ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका हेमराज शर्माले १२ हजार ६४ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर एक हजार ८६७ पुगेको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसका भुपबहादुर डाँगीले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ५३४ मत पाएका छन् भने नेकपा एमालेकी हुमा डिसीले १३ हजार ५२० मत पाएकी छन् ।
घोराहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् ।
प्रतिक्रिया 4