+
+

रुपन्देहीको देवदहको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १६:४६

४ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?