+
+

ललितपुर–११ मा कांग्रेसका खड्की विजयी, चिरिबाबु र मञ्जलीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ८:५२
चिरिबाबु महर्जन र मञ्जली शाक्य

५ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत पाए ।

उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८८४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २५७ मत अन्तरले पछाडि छन् । बाबुराजले ६ हजार ५८३ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४२५ मत पाएकी छन् ।

ललितपुर माहानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार ८२८ मत प्राप्त गर्दै र वडा नं. ११ मा नेपाली कांग्रेसकै अरोज कुमार खड्गी ७८४ मतसहित विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?