८ जेठ, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा सुरेश साह सोनार र उपप्रमुख पदमा रौशन खातुन विजयी भएका हुन् ।
जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै उपप्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।
यसैगरी नेकपा एमालेका राम आधार कापरले ४ हजार ७८२, नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० र माओवादी केन्द्रका कौशलेन्द्र शर्माले १ हजार ३३८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा विजयी जसपाकी उम्मेदवार रौशन खातुले ५ हजार ८२३ मत पाएकी छन् ।
नेकपा एमालेका उम्मेदवार मन्चुन देवीले ४ हजार ९०१, लोसपाकी फरहत खातुले ४ हजार ८६२, नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ र माओवादी केन्द्रकी मिना देवीले १ हजार २९५ मत पाएका छन् ।
प्रतिक्रिया 4