+
+

मनोज पाण्डेबाट दुर्व्यवहारमा परेको भन्दै अर्की युवती पनि पुगिन् प्रहरीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:१७

८ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन् । अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेका छन् । स्रोत भन्छ, ‘उहाँहरु कार्यालयमा आइसक्नु भएको छैन, यद्यपि अनुसन्धानका लागि बोलाएका छौं ।’

प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?