+
+

९० मिनेटपछिको निद्राले निर्णय क्षमता बढाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:४७

मस्तिष्कलाई सही तरिकाले काम गर्न निन्द्राको महत्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिकले हालै आम मानिसको र्‍यापिड आई मुभमेन्ट (आरईएम) निन्द्राका माध्यमबाट भावनात्मक यादलाई मजबुत बनाउने कुरा पत्ता लगाएका छन् ।

वैज्ञानिकले गरेको अध्ययनले निन्द्राले मस्तिष्कको न्युरोनल एक्टिभिटीलाई शान्त बनाउने काम गर्ने पत्ता लगाएको छ ।

के हो आरईएम ?

आरईएम निन्द्राको एक चरण हो, जुन निदाएको ९० मिनेटपछि सुरु हुन्छ । यसै समयमा मानिसले सपना देख्ने गर्छन् । निदाएको ९० मिनेटपछिको समयमा हाम्रो शरीरका मांसपेशीहरु स्वस्थ र तन्दुरुस्त रहन्छन् ।

आरईएम निन्द्राले न्युरान्सलाई शान्त बनाउँछ

प्रिफ्रन्टल कोर्टेक्स मस्तिष्कको त्यो भाग हो, जहाँ भावनात्मक प्रक्रिया रहने गर्छन् । र्‍यापिड आई मुभमेन्टले मस्तिष्कको पिरामिडल न्युरान्स निकै शान्त रहने वैज्ञानिकले अनुसन्धानमा खुलाएका छन् ।

निन्द्राको समयमा मस्तिष्कको कुनै भागले कसरी हाम्रा भावनालाई नियन्त्रण गर्न सक्छ भन्ने कुरामा वैज्ञानिकलाई विश्वास गर्न गाह्रो भएको थियो । कारण त्यतिबेला मस्तिष्क सक्रिय हुँदैन थियो ।

आरईएम निन्द्रामा भएको बेला शरीरको पूरै सिस्टमलाई रिसेट गर्न सकिने अनुसन्धानबाट खुलेको छ । यसको अर्थ राम्रो निन्द्राले सही र गलत छुट्याउने क्षमतामा सुधार हुँदै जान्छ । यस्तोमा मस्तिष्कसम्म पुगेको सन्देश अगाडि बढ्दैन ।

र्‍यापिड आई मुभमेन्ट दौरान आएको निन्द्रामा मस्तिष्कसम्म कुनै सन्देश नपुग्ने भने होइनन् । तर न्युरान्सले ती सन्देशलाई अगाडि बढ्न दिंदैन । आरईएममा मस्तिष्कमा भएका सन्देशलाई न्युरान्सले एक भागमा पुर्‍याउने भए पनि अर्को भागमा पुर्‍याउँदैन ।

यो अनुसन्धान सुरुमा मुसामा गरिएको थियो । वैज्ञानिकहरु मुसामा गरिएको अनुसन्धानको परिणामलाई लिएर मान्छेको निन्द्रालाई बुझ्ने प्रयास गरिरहेका छन् ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?