+
+

एसी मिलानले ११ वर्षपछि जित्यो लिग उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ९:०९

९ जेठ, काठमाडौं । एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको यस सिजनको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० ले हराउँदै मिलान २०११-१२ पछि पहिलो पटक च्याम्पियन बनेको हो । मिलानले समग्रमा १९औं पटक लिग उपाधि जितेको हो ।

मिलानले  छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि पार्‍यो । इन्टरले साम्पडोरियालाई ३-० ले नै हराएपनि उपाधि रक्षा गर्न सकेन ।

एसी मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे ।

जितपछि मिलानले ३८ खेलमा ८६ अंक जोड्दा इन्टरले ८४ अंक जोडेर दोस्रो स्थानमा लिग सकायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?