+
+

बजेटलाई अन्तिम रुप दिइँदै, बन्द गरिए अर्थ मन्त्रालयका ढोकाहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १४:२०
फाइल तस्वीर

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा आजदेखि अर्थ मन्त्रालयको ‘डोर क्लोज’ भएको छ । मन्त्रालयमा अब कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश रोकिएको हो ।

मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम छ । बजेटसँग सम्बन्धित सबै डकुमेन्टलाई अन्तिम रुप दिन ढोकाहरु बन्द गरिएको मन्त्रालयको भनाइ छ ।

अर्थ मन्त्रालयले बजेट निर्माणका दौरान एक साता अगाडिबाट मुख्यद्वारबाहेक अन्य ढोकाहरु बन्द गर्ने गर्छ । मुख्यद्वारमा समेत सुरक्षाकर्मी राखेर मन्त्रालयका कर्मचारी र बजेट निर्माणसँग सम्बन्धित व्यक्तिहरुलाई मात्र प्रवेशको अनुमति दिने गरिन्छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापनका लागि कृषि र स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?