+
+

सरकारलाई संसदीय समितिको निर्देशन : एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्नू

छापेका पुस्तक तत्काल वितरण गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १३:३०
शिक्षा तथा स्वास्थ्य समिति वैठकको फाइल तस्वीर ।

११ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

१ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ ।

समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका थिए । सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको भनाइ छ ।

कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको  महाप्रबन्धक यादवले बताए ।

उनले पुस्तक छाप्न अहिले कागज अभाव छ वा छैन भन्नेबारे केही खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?