+
+

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न : बीआरआईमा हाम्रो नीति के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १३:५३

१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले चिनिया परियोजना बेल्ठ एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति के हो भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी प्रश्न गरेका हुन् ।

‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग,  ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’ उनले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको पनि टिप्पणी गरे ।

‘हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ? यो कुरा सम्माननीय प्रधनमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु स्पष्ट गरियोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?