+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

पोखरीयामा सरकारी कार्यालयको शाखा स्थापना गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १९:१३

१६ वैशाख, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका वासिन्दाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका शाखा कार्यालय स्थापना गर्न माग गरेका छन् । पोखरीया अस्पतालको स्तरोन्नति हुनुपर्ने पनि स्थानीयले माग गरेका छन् ।

सोमबार पोखरीयामा कार्यालय स्थापना संघर्ष समिति र पोखरीया नगरपालिकाको संयुक्त बैठक बसेको छ । बैठकले सर्वपक्षीय प्रतिनिधि मण्डल काठमाडौंमा डेलिगेसन जाने निर्णय गरेको छ ।

पोखरीयामा मालपोत, भूमिसुधार तथा नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयको शाखा स्थापनाका लागि पोखरीया नगरपालिका तथा कार्यालय स्थापना संघर्ष समितिले आवाज उठाउँदै आएको छ ।

पोखरीयामा सरकारी कार्यालयको शाखा स्थापना र अस्पतालको स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुमा डेलिगेशन जाने निर्णय भएको संघर्ष समितिका संयोजक निजामुद्दिन समानीले जानकारी दिए ।

‘पोखरीयामा सरकारी कार्यालय स्थापना र अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न संघ र प्रदेश सरकार समक्ष पहल गर्ने निर्णय भएको छ’ उनले भने ।

काठमाडौंमा गृहमन्त्री र भूमिसुधार मन्त्रीलाई भेट्ने तथा जनकपुरमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेट्ने गरी कार्यक्रम मिलाउने उनले बताए ।

सोमबारको बैठकमा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानले संघर्ष समितिले अगाडिदेखि नै प्रक्रिया चालिसकेकाले नगरपालिकाले साथ दिन लागेको जानकारी दिए ।

‘संघर्ष समितिले कागजात पेश गर्ने लगायत पूर्व तयारी गरिरहेको रहेछ’, उनले भने ‘अब ताकेता गर्न टोली पठाउँछौं ।’

उनले इलाका प्रहरी कार्यालय पोखरीयामा प्रहरी नायब उपरीक्षक (डीएसपी) को दरबन्दी ल्याउन पनि पहल गरिने जानकारी दिए ।

चितवन जिल्लासँग सिमाना ठोरी गाउँपालिकादेखि सर्वसाधारण मालपोत, नापी तथा भूमिसुधार कार्यालयको सेवा लिन पर्साको पूर्वी दक्षिण भागमा पर्ने वीरगञ्ज महानगरपालिका नै आउनुपर्ने बाध्यता छ ।

सुपौलीमा इलाका प्रशासन कार्यालय भएपनि नियमित र पर्याप्त कर्मचारी नहुँदा समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?