+
+

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १२:१२

१८ जेठ, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २७० बाट घटेर १ हजार २५० रुपैयाँमा झरेको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९८ हजार र तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २७० रुपयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?