+
+

बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १४:२३

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् ।

पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए ।

उनले अघि भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’  यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए ।

प्रचण्डले भने, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने हुन सक्ने कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?