+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त भिमसेनगोलाबाट  पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १७:४६

२० जेठ, काठमाडौं । प्रहरीको उपत्‍यका अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई भिमसेनगोलाबाट  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा-१ घर भई हाल शंखरापुर बस्‍ने ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।

उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै उनलाई १ दिन कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनले पीडितलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्‍यानमा पारेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?