+

नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

२०७९ जेठ  २३ गते ७:३८ २०७९ जेठ २३ गते ७:३८

२३ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् ।

३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गर्दै यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।

नाडालले यस वर्ष अष्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन् । फ्रेन्च ओपन च्याम्पियन बनेपछि नाडालले रोजर फेडेरर र नोभाक जोकोभिच भन्दा दुई ग्राण्डस्लाम उपाधि बढी जितेका छन् ।

उपाधि जितेपछि उनले भनेका छन्, ‘भविष्यमा के हुन्छ भन्ने मलाई थाहा छैन तर मैले लडाइँ जारी राख्नेछु ।’

क्ले कोर्ट (माटोको कोर्ट) का बादशाहको रुपमा परिचित नाडालले फ्रेन्च ओपनमा ११५ खेल खेल्दा यो १२२औं जित हो । उनले फ्रेन्च ओपनमा जम्मा ३ खेल मात्र हारेका छन् ।

रफायल नाडाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय