+

आमिर अख्तर र नदिम शाहिद मिलेर इटालीमा टी–१० लिग गर्दै, ६ टिमले प्रतिस्पर्धा गर्ने

२०८३ भदौ  २ गते ११:१२ २०८३ भदौ २ गते ११:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका पूर्व क्रिकेटर आमिर अख्तर र इंग्ल्यान्डका नदिम शाहिदले इटालीमा सिटी-बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना गर्ने भएका छन् ।
  • इटालियन क्रिकेट फेडेरेसनको समर्थनमा आगामी नोभेम्बर ७ देखि १५ सम्म रोममा हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
  • एपेक्स टी–१० लिमिटेडमार्फत आयोजना हुने यस लिगले एसोसिएट राष्ट्रहरूमा क्रिकेटको विकास गर्ने र नयाँ दर्शकसम्म खेल पुर्‍याउने लक्ष्य राखेको छ ।

२ भदौ, काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्व क्रिकेटर नदिम शाहिदले इटालीमा सिटी-बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना गर्ने भएका छन् ।

इटालियन क्रिकेट फेडेरेसनको आधिकारिक समर्थनमा ‘इटालिया टी–१० क्रिकेट’ को पहिलो संस्करण आगामी नोभेम्बर ७ देखि १५ सम्म रोममा आयोजना हुनेछ । प्रतियोगितामा ६ सिटी-बेस्ड फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग एपेक्स टी–१० लिमिटेडमार्फत आयोजना हुन लागेको हो । अख्तर र शाहिदले स्थापना गरेको यस कम्पनीले एसोसिएट राष्ट्रहरूमा टी–१० फ्रेन्चाइज प्रतियोगितामार्फत क्रिकेटको विकास गर्ने लक्ष्य राखेको छ ।

१० ओभरको खेल करिब ९० मिनेटमा सकिने भएकाले टी–१० ढाँचालाई नयाँ दर्शकसम्म क्रिकेट पुर्‍याउने माध्यमका रूपमा अघि बढाउन खोजिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू ३० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिनेछन् ।

शाहिद एपेक्स टी–१० का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनले इंग्ल्यान्डमा एसेक्स र सरेबाट दुई दशकभन्दा बढी प्रथम श्रेणी क्रिकेट खेलेका थिए भने इंग्ल्यान्ड ‘ए’ बाट समेत प्रतिनिधित्व गरेका थिए ।

अख्तर नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर हुन् । उनले नेपालमा एभरेस्ट प्रिमियर लिग स्थापना गर्दै फ्रेन्चाइज क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । इटालीमा पनि त्यही अनुभव प्रयोग गर्दै स्थानीय खेलाडीको विकास र घरेलु क्रिकेटको स्तर उकास्ने लक्ष्य राखिएको छ ।

इटालियन क्रिकेट फेडेरेसनले लिगलाई आधिकारिक समर्थन गर्दै आईसीसीको स्वीकृति प्रक्रियाका लागि समन्वय गर्ने जनाएको छ । क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा फर्कने तयारीमा रहेका बेला इटालीमा सुरु हुन लागेको यो फ्रेन्चाइज लिगलाई त्यहाँ क्रिकेटको विस्तारका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

आमिर अख्तर इटाली टी-१० क्रिकेट नदिम शाहिद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय