+
+

‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरियो सोनिका र दिलीपको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:३४

काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ ।

दर्शकको मत र जुरीको निर्णयको आधारमा उनीहरु बाहिरिएका हुन् । आगामी सातादेखि सुरु हुने सेमिफाइनलमा पाँच जोडी प्रवेश गरेका छन् ।

परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेका हुन् । आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

असार ११ गते शोको फिनाले हुनेछ । फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिनेछन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?