
२४ जेठ, परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।
यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताए ।
उनका अनुसार यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।
सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका थिए । एक राउण्ड फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने बताइएको छ ।
अदालतमा उनीहरुबीच अंश मुद्दा चलिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4