+
+

दिल्ली दूतावासबाट पनि विद्युतीय राहदानी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:२९

२५ जेठ, काठमाडौं । भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी वितरण सुरू गरेको छ । अन्य विभिन्न मुलुकमा रहेका नियोगबाट विद्युतीय राहदानी वितरण सुरू गरिसकेको अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले पनि यो सेवा सुरू गरेको हो ।

दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर तथा अनलाइन फारम भरेर विद्युतीय राहदानी लिन सकिने जनाएको छ ।

पुरानो राहदानी बाहक नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन दिनुपर्ने छ ।

त्यसपछि दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ । त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ ।

दूतावासले नयाँ राहदानीका लागि भारतीय रुपैयाँ पाँच हजार ९८० र दश वर्षभन्दा कम उमेरका नाबालकको नयाँ राहदानी लिनका लागि दुई हजार ९९० शुल्क लाग्ने छ । राहदानी हराएको वा क्षति भएर नयाँ लिनु परेको खण्डमा भने दोब्बर शूल्क लाग्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

दूतावासले हालको मेसिन रिडेबल पासपोर्टको म्याद भएसम्म विद्युतीय राहदानी बनाउन आवश्यक नरहेको र हराएको वा क्षति भएको अवस्थामा बाहेक एक वर्षभन्दा बढी म्याद भएको एमआरपीको सट्टामा नयाँ राहदानी बनाउने नपाइने समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?