+
+

कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

फोहोर संकलन गर्न नेपाली सेनासँग युनिलिभरको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:४८

२६ जेठ, काठमाडौं । कञ्चनजंघा हिमालबाट नेपाली सेनाले १५.३७ टन फोहोर संकलन गरेको छ । हिमालको फोहोर संकलनका लागि युनिलिभरले ‘सफा हिमाल अभियान-२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको थियो ।

नेपाली सेनाले गत २ वैशाखदेखि १६ जेठसम्म  १६ गतेसम्म हिमाल सफाइ अभियान सञ्चालन गरेको थियो । युनिलिभरका अनुसार सो अभियानमा ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन भएको छ ।

अभियानको क्रममा संकलित प्लास्टिक पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूको रूपमा अभ्नी भेन्चर प्रालिसँग समन्वय गरेको छ ।

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै अभियानमा सहभागी टिमले ४५ दिनको अवधिमा कञ्चनजंघाको फोहोर संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?