News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै तेस्रो जित हासिल गरेको छ ।
- सुदूरपश्चिमले ४५.४ ओभरमा १६८ रन बनाएको थियो, दीपक बोहराले सर्वाधिक ३० रन बनाए ।
- लुम्बिनीले अलआउट हुनुअघि १५६ रन मात्र बनाउन सक्यो ।
१६ चैत, काठमाडौं । सन्तोष यादवको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ ।
बलिङमा ४ विकेट लिएका सन्तोषले ब्याटिङमा ६७ रन बनाएर लुम्बिनीलाई जितको नजिक पुर्याएपनि १२ रनले पराजित हुन पुगेको हो । सुदूरले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४०.२ ओभरमा अलआउट हुँदै १५६ रन मात्र बनाउन सक्यो ।
सन्तोषले ८४ बलमा ७ चौका र १ छक्का मद्दतमा ६७ रन बनाएपनि पर्याप्त भएन । ध्रुव सुनारले ३६ रन बनाए । लुम्बिनी ५२-५ को अवस्थामा हुँदा सन्तोष र ध्रुव मिलेर ६२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
सुदूरका लागि कप्तान शेर मल्ल र खडक बोहराले ३-३ विकेट लिँदा हेमन्त धामीले २ अनि नारायण जोशी र लोकेन्द्र चन्दले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४५.४ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो । दीपक बोहराले सर्वाधिक ३० रन बनाए ।
हेमन्त धामीले अविजित २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७ रन बनाए । प्रकाश पान्डेले १४ तथा नारायण जोशीले ११ रन बनाए ।
लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले ४-४ विकेट लिए भने सन्देश थापाले १ विकेट लिए ।
प्रतियोगितामा ४ खेल खेल्दा सुदूरले तेस्रो जित निकालेको हो । समान खेल खेलेको लुम्बिनीले दोस्रो हार बेहोरेको हो ।
प्रतिक्रिया 4