News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् ।
- नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताएका छन् ।
- नेपाल र लाओसबीचको एएफसी एसियन कप छनोट अन्तर्गत खेल स्थानीय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले एएफसी एसियन कप छनोटमा लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल प्रि-म्याच कन्फेरेन्समा एरेनाले भने,‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं।’
एरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।
यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए । ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ । राम्रो तयारी भएको छ । हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं’ उनले भने ।
नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
समूह एफमा रहेको नेपाल र लाओस दुवै एसियन कपमा छनोट हुने होडबाट बाहिरिसकेका छन् । दुवैको ५ खेलबाट समान ३ अंक छ । एसियन कप छनोट अन्तर्गत यसअघि लाओसमा भएको पहिलो खेलमा नेपाल लाओससँग २-१ ले पराजित भएको थियो ।
हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् । जसमा नेपालले चार र लाओसले एक खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।
प्रतिक्रिया 4