News Summary
Generated by OK AI. Editorially reviewed.- कोलकाता नाइट राइडर्सका क्यामरन ग्रीनले आईपीएल २०२६ मा मुम्बई इन्डियन्ससँगको खेलमा तल्लो ढाडको चोटका कारण बलिङ गरेनन्।
- क्रिकेट अस्ट्रेलियाले ग्रीनलाई करिब १०–१२ दिन बलिङबाट टाढा राख्ने र भारतमै बलिङ लोड पुनः निर्माण गरिरहेको जनाएको छ।
- कप्तान अजिन्क्या रहानेले ग्रीनको बलिङ अभावले टोली संयोजनमा असर पर्ने र बलिङ सुरु भएपछि टोली सन्तुलित हुने बताए।
१६ चैत, काठमाडौं । आईपीएल २०२६ अन्तर्गत आइतबार भएको मुम्बई इन्डियन्ससँगको खेलमा कोलकाता नाइट राइडर्सका अस्ट्रेलियन अलराउन्डर क्यामरन ग्रीनले बलिङ गरेनन् ।
आईपीएलकै महँगा विदेशी खेलाडीका रूपमा अनुबन्ध भएका ग्रीनले त्यस खेलमा बलिङ नगरेपछि धेरै प्रश्न उठेका थिए । बलिङबारे खेलपछि ब्रोडकास्टरको प्रश्नमा कोलकाताका कप्तान अजिन्क्या रहानेले क्रिकेट अस्ट्रेलियालाई सोध्नुपर्ने भन्ने जवाफ दिएका थिए ।
खेलमा बलिङ नगर्नुको कारणबारे क्रिकेट अस्ट्रेलियाले मंगलबार जवाफ दिएको छ । तल्लो ढाड (लोअर ब्याक) को समस्या भएकाले उनलाई बलिङबाट केही समय टाढा राखिएको क्रिकेट अस्ट्रेलियाले स्पष्ट पारेको छ ।
क्रिकेट अस्ट्रेलियाका अनुसार ग्रीन हाल सानो प्रकारको चोट व्यवस्थापन गरिरहेका छन् र केही समयका लागि बलिङबाट टाढा रहनुपर्नेछ । ‘ग्रीन अहिले भारतमै आफ्नो बलिङ लोड पुनः निर्माण गरिरहेका छन् र करिब १०–१२ दिनमा फर्कने अपेक्षा छ’ सीएले जनाएको छ ।
सन् २०२४ को अन्त्यतिर ढाडको शल्यक्रिया गरेका २६ वर्षीय ग्रीन यसअघि पनि ब्याटरका रूपमा मात्र खेलिरहेका थिए ।
उनले ब्याटिङतर्फ सामान्य योगदान मात्र दिए । नम्बर ३ मा आएका उनले एक चौका र एक छक्का प्रहार गरे पनि शार्दुल ठाकुरको बलमा आउट भए ।
उक्त हाई स्कोरिङ खेलमा मुम्बई ६ विकेटले विजयी भएको थियो । खेलपछि राहानेले ग्रीनको अभावबारे भने, ‘अहिले ग्रीन बलिङ गर्न सक्दैनन्, उनले बलिङ सुरु गरेपछि हाम्रो टोली संयोजन अझ सन्तुलित हुनेछ ।
प्रतिक्रिया 4