+
+

भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १४:२९

२९ जेठ, भक्तपुर ।  भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ ।

बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

उनका अनुसार साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?