+
+

गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी,  ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १४:२५

२९ जेठ, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?