+
+

कबड्डीको प्रशिक्षण महेन्द्रनगरमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १८:४१

३० जेठ, काठमाडौं । १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीले महेन्द्रनगरमा प्रशिक्षण गर्नेछन् । त्यता जानुअघि टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामना सहित बिदाई गरे ।

सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए । उनले यो प्रशिक्षण नवौं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।

राष्ट्रिय खेलकुद परिषदले १९औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्ने छ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यस तर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?