+
+

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:२९
अन्तर महादेशीय प्लेअफबाट फाइनल पुगेको अष्ट्रेलिया ।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो ।

आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन् ।

३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट अहिलेसम्मकै धेरै टिमले खेल्ने भएको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।

त्यसअघि १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकपमा एसियाबाट समान ४ टिमले खेलेका थिए । १९९८ अघि भने एसियाबाट विश्वकपमा २ वटा मात्र कोटा थियो । २४ टिमले विश्वकप खेल्दा एसियाबाट थोरै संख्यामा प्रतिनिधित्व हुन्थ्यो । तर १९९८ मा विश्वकप खेल्ने टिम संख्या बढाएर ३२ बनाएपछि एसियाबाट पनि टिम संख्या बढेको थियो ।

यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एसियन टिम समावेश छन् । एसियाबाट छनोट हुने अन्तिम टिम बनेको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ । यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा अहिलेसम्म ३१ ६म छनोट भइसकेका छन् । अब अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिया र न्युजिल्याण्डबीचको विजेता विश्वकपमा छनोट हुनेछ ।

कतार विश्वकपमा युरोपबाट सर्वाधिक १३ टिम छनोट हुँदा एसियाबाट ६, अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ टिम छनोट भएका छन् । यस्तै उत्तर अमेरिकाबाट ३ टिम छनोट भएका छन् । अब प्लेअफमा कोस्टारिका विजेता भएमा उत्तर अमेरिकाबाट ४ टिम हुनेछ । यदी न्युजिल्याण्ड विजयी भए ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?