१ असार, काठमाडौं । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ ।
बुधबार प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी माग नगरेको बताए ।
‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्रै हो ।’
कहीँ कतै एसपीपीको प्रस्ताव नआएको दोहोर्याउँदै उनले थपे, ‘हामीलाई बनको बाघले होइन मनको बाघले नखाओस् ।’
प्रतिक्रिया 4