+
+

प्रदेश १ को नाममा सहमति जुटाउन कांग्रेसले अन्य दलसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:५६

१ असार, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले प्रदेशको नाम चयन गर्नका लागि अन्य दलसँग छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ ।

कांग्रेस संसदीय दलका नेता कोइराला सत्तारुढ गठबन्धनको प्रदेश राजनीतिक समयन्त्रका संयोजक पनि हुन् ।

संसदीय दलको बैठकले जारी १० औं तथा अन्तिम बजेट अधिवेशनमा बजेट पारित भएपछि प्रदेशको नामाकरण गर्ने भन्दै पहल गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक कांग्रेस प्रमुख सचेतक सूयर्माराज रार्ईका अनुसार बैठकले नामका विषयमा पार्टी भित्र साझा धारणा बनाउने निर्णय पनि गरेको छ ।

नेकपा एमालेले नामका विषयमा छलफल गर्न सांसद हिक्मत कार्कीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिसकेको छ । कार्यदलले सत्ता पक्षसँग छलफल गरिरहेको छ ।

केहीदिन अघि कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालासँग छलफल गरेका थिए । प्रदेश सरकारले पनि नाममा सहमति जुटाउन स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा कार्यदल गठन गरेर काम थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?