+
+

एसपीपी अस्वीकार गर्न ९ नौ दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १५:२३

१ असार, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्न नौ वटा राजनीतिक दलहरुले माग गरेका छन् ।

बुधबार नेकपा क्रान्तिकारी, मोहन वैद्य किरण नेतृत्वको नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्‍युनिष्ट पार्टी नेपाल, माओवादी कम्‍युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्‍च नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न माग गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि नेपालमा अमेरिकाको हस्तक्षेप बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको ९ वटा कम्युनिस्ट दलहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?