+
+

लामखुट्टेले किन भुल्दैछ रगतको स्वाद ? वैज्ञानिकले गरे खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:०९

२ असार, काठमाडौं ।  वैज्ञानिकहरुको पछिल्लो अध्ययनले एउटा निकै नै अनौठो तथ्यको खुलासा गरिदिएको छ । वैज्ञानिकहरुका अनुसार रगत चुस्ने लामखुट्टेलाई नै रगतको स्वाद आउन छाडेको छ । रोचक त के भने लामखुट्टेले रगतको स्वाद भुल्दै जानुको कारण चाहीँ उसको निद्रा नपुग्नु हो ।

शोधकर्ताहरुका अनुसार निद्राको कमीको सिकार केवल मानिस मात्र होइन लामखुट्टे जस्ता किटपतंग पनि हुने गरेका छन् । लामखुट्टे तथा मौरी जस्ता किराहरु समेत अनिद्रा तथा कम निद्राको समस्याबाट गुज्रिनु पर्दछ । जसका कारण मौरीलाई उड्नमा समस्या हुने गरेको छ भने फलफूलमा लाग्ने झिँगा (फ्रुट फ्लाई) को स्मरण शक्ति पनि कमजोर हुँदैछ ।

निद्राको कमीसँग जुधिरहेको लामखुट्टेको भने स्वादमा असर परिरहेको जर्नल अफ एक्सपेरिमेन्टल बायोलोजीमा प्रकाशित भएको शोधमा उल्लेख छ ।

सिनसिनाटी विश्वविद्यालयस्थित रोग पर्यावरणविद् ओलुभास्यून अजेईका अनुसार लामखुट्टेका लागि रगत निकै प्रिय वस्तु हो । तर जब निद्रा र रगतबीच छान्नुपर्ने अवस्था आउँछ, तब लामखुट्टेले निद्रा रोज्दछ ।

वैज्ञानिकहरुले वर्षौँदेखि लामखुट्टेको सरीरभित्र रहेको जैविक घडीको अध्ययन गरेका थिए जसले लामखुट्टेको निद्रा तथा जागा रहने समय तय गर्दछ । यसलाई सिरकाडियन रिदम भनिन्छ ।

सिरकारिडयन रिदमको अध्ययनका माध्यमबाट वैज्ञानिकहरु मलेरिया तथा अन्य रोगहरु नियन्त्रणमा सहयोग गर्न सक्दछन्। किनकी यी रोगहरु रातमा जागा रहने लामखुट्टेको माध्यमबाट सर्दछन्। तर पछिल्लो अध्ययनले भने लामखुट्टेले अहिले रातको समयमा मात्र नभई दिनको समयमा पनि रोग फैलाउन थालेको छ, जुन पहिले रातको समयमा मात्र फैलाउँथ्यो । यसको अर्थ लामखुट्टेको सुत्ने तथा जाग्ने समय तालिका गडबड भएको छ ।

प्रयोगशालामा लामखुट्टेको निद्राको चक्र अध्ययन गर्नु निकै मुस्किल काम थियो । किनकी खाना अर्थात् रगतको उपलब्धतामा लामखुट्टे पूर्णरुपमा सुत्न सक्दैन । ऊ अर्ध निद्रामा हुन्छ । किनकी रगतको गन्धले उसलाई सुत्न दिँदैन । लामखुट्टे सुतेको बेला पनि अन्य जागा लामखुट्टे जस्तै देखिन्छ । वास्तवमा लामखुट्टेले आफ्नो उर्जा बँचाउने प्रयास गर्दछ ।

इण्डियानास्थित नट्रेडम विश्वविद्यालयका सिरकाडियन बायोलोजिस्ट सामुएल रन्डका अनुसार किराहरुको सिरकाडियन चक्रको अध्ययन गर्नु निकै कठीन काम हो । किरा सुतेको छ कि छैन भनेर पत्ता लगाउन निकै गाह्रो हुन्छ ।

शोधकर्ता रहेका रोग पर्यावरणविद ओलुभास्यून अजेइ र उनको समूहले चाहीँ लामखुट्टे सुतेको देख्न सफल भयो । उनीहरुले लामखुट्टेका विभिन्न तीनवटा प्रजातिको अध्ययन गरेका थिए । तीनवटैले रोग फैलाउँने गर्दछन् ।

पहिलो प्रजाति एडिस एजिप्टी हो जुन दिनभर सक्रिय रहन्छ । त्यस्तै दोश्रो प्रजाति क्युलेक्स पिपिएन्स बेलुकीको समयमा सक्रिय रहन्छ भने तेश्रो प्रजाति एनोफिलिस स्टेफेन्सी रातको समयमा रगत चुस्न मन पराउँदछ ।

ओलुभास्यून अजेइले ती प्रजातिहरुलाई साना साना काँचका डिब्बाहरुमा बन्द गरेर राखे । त्यसको भित्र क्यामरा र इन्फ्रारेड सेन्सर लगाइयो ताकि लामखुट्टेमाथि निगरानी गर्न सकियोस् ।

दुई घण्टापछि लामखुट्टे सुत्न सुरु गर्यो । लामखुट्टको पेट तलतर्फ झुक्यो । पछिल्लो खुट्टा तल्लो सतहमा टाँसियो । क्युलेक्स पिपिएन्स र एडिस एजिप्टीले कुनैपनि प्रकारको प्रतिक्रिया नदिने वा निकै कम सक्रियता देखाउँदछन् । अर्थात् प्रयोगशालाको भित्र रहेको मानिसको रगतको गन्धले उनीहरुलाई आकर्षित गरेन । लामखुट्टेले गहिरो निद्रा लिन चाहन्थ्यो र लिइपनि रहेको थियो । उसको शारीरिक ढाँचामा कुनैपनि खालको बदलाव थिएन र अल्छीजस्तै गरी लडिरहेको थियो ।

त्यसपछि ती लामखुट्टेलाई एउटाँ काँचको ट्युबमा राखियो, जसमा केही मिनेटको अन्तरालमा कम्पन हुन्थ्यो ताकि लामखुट्टे सुत्न नसकोस् वा गहिरो निद्रामा जान नसकोस् । ४ देखि १२ घण्टासम्म लामखुट्टेलाई सुत्न दिइएन । त्यसपछि ती लामखुट्टेलाई एउटा ठूलो काँचको भाडोमा हालियो जसमा मानिसको एउटा खुट्टा राखिएको थियो ताकि लामखुट्टेले उक्त खुुट्टाबाट रगत चुस्न सकोस् ।

त्यसक्रममा प्रयोगशालामा दुई प्रकारका लामखुट्टे विद्यमान थिए । पहिलो निद्रा पूरा भएका लामखुट्टे र अर्को सुत्न नपाएका लामखुट्टे ।

राम्रोसँग सुत्न पाएका लामखुट्टेहरुले ठूलो काँचको भाँडोमा राखिएको मानिसको खुट्टामा बसेर रगत चुस्न थाले । तर निद्रा पूरा नभएका लामखुट्टेले भने रगत चुस्नका लागि खुट्टामा हमला गर्नुको साटो चुपचाप सुत्ने प्रयास गरे । उनीहरुलाई रगतको गन्धले पनि उत्प्रेरित गरिरहेको थिएन । साइन्सन्यूज डट ओआरजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?