+
+

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:१९

३ असार, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

शुक्रबारका लागि छापावल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार ९७ हजार ३ सय रुपैयाँमा तेजावी र ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । बिहीबार १२ सय ६५ रुपैयाँ तोलामा चाँदी खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?