+
+

बलियो नेपाल कपमा मधेश र बागमती फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १८:२८

४ असार, काठमाडौं । मधेश प्रदेश र बागमती प्रदेश बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

मूलपानी मैदानमा सम्पन्न दिनको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई ५ विकेटले हराउंदै बागमती फाइनल प्रवेश गरेको हो । बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको प्रदेश १ ले ६३ रन जोडेको थियो ।

उसका रबिन मण्डलले १५ र सिवांश बजगाईंले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश १ लाई सस्तैमा रोक्न बागमतीका कप्तान युवराज खत्रीले २ ओभरमा १० रन खर्चिएर ३ विकेट चट्काए ।

जवाफमा ६४ रनको लक्ष्य बागमतीले १०.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । बागमतीको जितमा समिर विष्टले १७ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बागमतीका कप्तान युवराज खत्री घोषित भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनीमाथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै मधेश प्रदेश फाइनल प्रवेश गरेको छ ।

१९ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०० रन जोडेको थियो । उसका लागि सन्दीप गौतमले २३ रन र अनुज ठकुरीले १७ रनको योगदान गरे । बलिङतर्फ मधेशका साइमन रोयले ४ ओभरमा केवल ५ रन खर्चिएर २ विकेट हात पारे ।

जवाफमा १०१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशलाई ३ बलमा २ रन आवश्यक रहँदा साइमन रोयले छक्का प्रहार गर्दै खेल जिताए । २ विकेटको रोमाञ्चक जित दर्ता गर्ने क्रममा मधेशका लागि रंजन यादवले २५ र साइमन रोयले अविजित २४ रन बनाए।

लुम्बिनीका लागि करन घर्ती मगरले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन् । प्रतियोगिताको फाइनल खेल सोमबार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?