 
																			विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनीका कर्मचारीहरुसँग पहिलोपटक बैठक गरेका छन् । त्यसक्रममा उनले यदि ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने आफ्नो पहल सफल भएमा कम्पनीमा कार्यरत कर्मचारीको संख्यामा कटौती गर्ने संकेत गरेका छन् ।
बैठकका क्रममा उनले कार्यालय बाहिरबाटै काम गर्ने अर्थात् रिमोट वर्किङ, वाक स्वतन्त्रता र पृथ्वी बाहिरको जीवनलगायतका विभिन्न विषयवस्तुहरुको समेत चर्चा गरेका छन् ।
गत अप्रिलमा ट्वीटर खरीद गर्ने प्रस्ताव अघि सारेपश्चात् मस्कले पहिलोपटक कम्पनीका कर्मचारीसँग कुराकानी गरेका हुन् । त्यसक्रममा उनले यदि ट्विटर कम्पनीले आफूलाई फेक अकाउन्टहरूको बारेमा यथार्थ तथ्यांक उपलब्ध नगराएमा खरिद सम्झौताबाट पछि हट्ने कुरा दोहोराएका छन् । तथापि ट्विटर खरिद प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा चाहिँ उनले बताएनन् ।
बिहीबार भएको उक्त भर्चुअल बैठकका क्रममा एलन मस्कले कम्पनीको वित्तीय अवस्थाको आधारमा कर्मचारीको संख्या कटौतीको निर्णय गरिने पनि उल्लेख गरे । उनले भनेका छन्- कम्पनी स्वस्थ अवस्थामा रहनु पर्दछ । अहिले यसको आम्दानीको तुलनामा खर्च धेरै छ ।
तर कम्पनीमा उल्लेख्य काम गरिरहेका हरुले भने कर्मचारी कटौतीको निर्णयबाट चिन्तित हुनु नपर्ने उनले बताए ।
भर्चुअल बैठकका क्रममा मस्कले कसैको असाधारण अवस्था बाहेक कर्मचारीहरू कार्यालयमै उपस्थित भएर काम गर्नु आफ्नो प्राथमिकता रहेको प्रष्ट पारेका छन् ।
विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका मालिकले ट्विटरका कर्मचारीसँगको भर्चुअल बैठकका क्रममा पृथ्वी बाहिरको जीवनका विषयमा पनि कुरा गर्दै आफूले एलियन्स भएको कुनै प्रमाण नदेखेको बताए ।
बीबीसी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4