+
+

मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १५:३२

५ असार, काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७ खेल समावेश गरेर राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

७१ औं मदनजयन्तीको अवसरमा एकेडेमीले राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा एकेडेमीले क्रिकेट, भलिलब, रेस्लिङ, बुद्दिचाल बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिता र प्रशिक्षण तालिम गर्न लागेको हो ।

एकेडेमीले आइतबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्रिकेटमा ट्यालेन्ट हन्टसहित यू-१४, यू-१६ र यू-१८ प्रतियोगिता भैरहवा,  दमक,  वीरगन्ज र जनकपुरमा हुनेछ । क्रिकेट २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैया हात पार्नेछन् ।

खुल्ला कलेज स्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौंमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ ।

बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालय स्तरीय बुद्दिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यका स्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौंमा हुनेछ ।

असार १७ देखि १८ सम्म राष्ट्रिय स्तरको फूल कन्ट्याक्ट कराते काठमाडौंमा र  असार २० र २१ गते उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?