
७ असार, काठमाडौं । प्रहरीले डलर ठगी गरी फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय बिष्णुलाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरेको हो ।
श्रेष्ठले जेठ १७ गते २ बजेको समयमा कलंकीस्थित सीता पेट्रोल पम्प नजिक आफ्नो आमा बिरामी भएको र उपचारको लागि पैसाको रुपमा डलर मात्रै रहेकोले साटिदिन भन्दै कागजको डलर राखेर ८ लाख रुपैयाँ लिएर फरार भएका थिए ।
पक्राउ परेका उनलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4