+

लुकाकु लोनमा इन्टर मिलान फर्कँदै

२०७९ असार  ९ गते १७:२३ २०७९ असार ९ गते १७:२३
लुकाकु लोनमा इन्टर मिलान फर्कँदै

९ असार, काठमाडौ । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्कने भएका छन् ।

लुकाकु र सिरी ए क्लब इन्टरबीच एक सिजनका लागि लोनमा खेल्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बेल्जियन खेलाडी लुकाकुलाई चेल्सीले सन् २०१२ मा क्लब कीर्तिमानी रकम ९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । तर अहिले उनी जम्मा ८ मिलियन युरो लोन फि मा इन्टर जान लागेका हुन् ।

लुकाकुले चेल्सीमा पहिलो सिजनमा सर्वाधिक गोलकर्ता बन्ने सम्भावना थियो तर विभिन्न समयमा २९ वर्षीय यी खेलाडी विवादमा तानिए । विशेषगरी स्टामफोर्ड ब्रिजमा आफू खुशी नभएको उनले इटालियन टेलिभिजनलाई अन्तर्वातामा भनेका थिए ।

अन्तर्वार्ताले आफूलाई नै हानी गरेपछि लुकाकुले चेल्सीको समर्थकसँग सार्वजनिक रुपमै माफी मागेका थिए ।

लुकाकु इन्टरमै फर्कने भएपछि चेल्सीका प्रशिक्षक थोमस टुचेलले क्लबलाई नयाँ आकार दिने मौका पाएका छन् र

सन् २०११ देखि २०१४ सम्म चेल्सीमा रहेकै बेला लुकाकुले वेष्टब्रोम र एभरटनबाट लोनमा खेलेका थिए । त्यसपछि एभरटन र म्यानचेष्टर युनाइटेड हुँदै उनी सन् २०१९ मा इन्टरमा अनुबन्ध भएका थिए । इन्टर छाडेर उनी सन् २०२१ मा फेरि चेल्सी पुगेका थिए ।

रोमेलु लुकाकु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय