+
+

उपत्यकामा श्रृंखलावद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १८:००

१० असार, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाभित्र श्रृंखलावद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्‍ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थली बस्‍ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङगेश्वरी गाउँपालिका-८ घर भई खुसिबु बस्‍ने २६ वर्षीय सागर भन्‍ने पुन नारायण श्रेष्ठ र खोटाङको कोपिलागढी गाउँपालिका-२ घर भई टोखा ११ बस्‍ने ३१ वर्षीय सौराज गजमेर रहेका छन् ।

उनीहरुलाई काठमाडौंको विभिन्‍न स्थानबाट पक्राउ गरी आवश्‍यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल ५ थान, तिलहरी थान ५, सिक्री थान १, मंगलशूत्र ३ थान, रानीहार २ थान, ओऔठी १ थान, फुली १२ थान र टप १ जोर गरी जम्‍मा ५५९ ग्राम बरामद गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले काठमाडौं उपत्यकाभित्र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडेर नगद, मोबाइल र सुनका गरगहनाहरु चोरी कार्यमा संलग्‍न रहँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?